Friday, September 20, 2024

ट्रेन्डिङ :

असान्ज नजरबन्द मुक्तीको राष्ट्रसङ्घद्वारा स्वागत

संयुक्त राष्ट्र संघले मङ्गलबार विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई “यस मुद्दालाई निश्चित रूपमा समाधान गर्ने महत्वपूर्ण कदम भनी प्रशंसा गरेको छ । 

असान्जले संयुक्त राज्यका अधिकारीहरूसँग निवेदन सम्झौतामा पुगेपछि अन्तिम अदालतको सुनुवाइको सामना गर्न तयार थिए, नजरबन्द मुक्तीले उनको वर्षौं लामो काराबास जिवनको अन्त्ये गरेको । 

“बेलायतमा नजरबन्दबाट जुलियन असान्जको रिहाइलाई स्वागत गरेको बताउदै संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयकी प्रवक्ता लिज थ्रोसेलले अन्तिम निवेदन सम्झौता अझै स्वीकृतिको प्रतीक्षामा रहेको जनाउनु भएको छ ।

आफुहरुले बारम्बार यो विषय उल्लेख गरिसकेको जनाउदै उहाँले यो मुद्दाले लामो समय देखि मानव अधिकारको चिन्ताको श्रृङखला खडा गरेको बताउनु भयो । 

प्रशान्त महासागरको उत्तरी मारियाना टापुको अदालतमा दायर गरिएको कागजात अनुसार असान्ज राष्ट्रिय रक्षा जानकारी प्राप्त गर्न र प्रसार गर्न षड्यन्त्रको एकल गणनामा दोषी ठहर गर्न सहमत भएका छन् । उनी बुधवार अदालतमा उपस्थित हुने छन् । 

असान्जको बढ्दो लामो नजरबन्दले पनि चिन्ताको छुट्टै मुद्दा खडा गरेको बताउदै थ्रोसेलले आउँदो दिनमा पनि घटनाक्रमको निरन्तर निगरानी जारी राख्ने बताउनु भएको छ ।     

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?