Friday, October 18, 2024

ट्रेन्डिङ :

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानको सुनुवाई, निर्णय गरिएन

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानको सुनुवाई गरेको छ ।

बुधबार बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका छन् । 

यौनदुर्व्यवहारको आरोप लागेका प्रधानले सफाइ दिने क्रममा जिल्ला अदालतमार्फत उजुरीकर्तासँग मिलापत्र भैसकेको समितिलाई बताएका छन् ।

प्रधानको यसअघि असार २१ गते नै सुनुवाइ हुने तय भएर पनि रोकिएको थियो । यौन शोषण गरेको जस्तो आरोप लागेको भन्दै समितिले २० गते उजुरीकर्ताको कुरा सुनेर बैठक स्थगित गरेको थियो । असार २१ गते तय भएर रोकिएको सुनुवाइ बुधबार भएको हो ।

गत असार ७ गते १० दिनको समय दिएर प्रधानविरुद्ध उजुरी आह्वान भएको थियो । उनीविरुद्ध ४ वटा गम्भीर प्रकृतिका उजुरी परेको समितिले जनाएको छ ।

सुनुवाइ सकिएपछि आज कुनै निर्णय नगरिएको र अर्को बैठक बसेर नियुक्तका लागि सिफारिस गर्ने नगर्ने निर्णय हुने बताईएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?