Sunday, September 8, 2024

ट्रेन्डिङ :

१८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुला

काठमाडौं : असोज २८, लोक सेवा आयोगले बुधवार (आज) १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको छ । लोकसेवा आयोगले सूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो । आयोगका अनुशार उपसचिव बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ । जसमध्ये निजामती तर्फ बढुवा २ सय ६६ र खुल्ला २७ जना गरी दुई सय ९३ जना माग गरिएको छ । संसदतर्फ १६ बढुवा र दुई खुल्लामा गरी १८ जना मागिएको छ भने स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जना मागिएको छ ।

त्यसैगरी सहसचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा विज्ञापन भएको छ । जसमध्ये निजामती तर्फ बढुवा ९५ जना र खुल्ला १० जना, संसदतर्फ बढुवा ३ जना र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुल्ला गरी ७४ पदमा विज्ञापन भएको छ । निजामती सेवा, सङ्घीय संसद् सेवा तथा स्वास्थ्य सेवा तर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन् । आवेदन आयोगको वेवसाईटमार्फत भर्न सकिने छ ।

हेर्नुस् पीडिएफ फाईल ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?