Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

बालिका बन्धक बनाउने तीन जना पक्राउ

spot_img
spot_img

बालिकाको भविष्य सुन्दर हुने लोभ देखाएर बन्धक बनाउने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया बालिकाका अभिभावकलाई जानकारी नदिई भविष्य उज्ज्वल हुन्छ भनी चिनियाँ नागरिकसँग विवाह गराएर बन्धक बनाएको अभियोगमा प्रहरीले तीन जनालाई मङ्गलबार नियन्त्रणमा लिएको हो।

प्रहरीले लमजुङ घर भई पोखरा महानगरपालिका वडा नम्बर १६ बस्ने २२ वर्षीया सरु विक, पोखरा-२२ बस्ने ३४ वर्षीया भगवती अधिकारी र ३१ वर्षीय चिनियाँ नागरिक जि मिङ चेनलाई पक्राउ गरेको हो। विक र अधिकारीले चेनसँग आर्थिक लाभ लिई ती बालिकासँग विवाह गराइदिएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले विभिन्न प्रलोभन दिई चाइनिज नागरिकबाट पैसा लिएर साउन १३ गते विवाह गराएको शर्माले जानकारी दिनुभयो।

बिहेपश्चात ती बालिकालाई पोखरा–६, लेकसाइडको स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्दी बनाइएको थियो। बालिका होटलबाट भागेर अभिभावकको सम्पर्कमा आएपछि पीडितकी आमाले मङ्गलबार मानव वेचविखन तथा ओसारपसार कसूरमा जाहेरी दिनुभएको थियो।

जाहेरीपछि खटिएको टोलीले तीन जनालाई पक्राउ गरी कास्की जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान जारी छ। चिनियाँ नागरिक चेन ९० दिनको भिजिट भिसामा नेपाल आएको खुलेको छ।  

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?