Tuesday, October 22, 2024

ट्रेन्डिङ :

आईपीएलमा पन्जाबको रोमाञ्चक जित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाञ्चक जित हात पारेको छ । रोयल च्यालेन्जर्स बैंग्लोरबाट १७२ रनको लक्ष्य पाएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेर जित हासिल गर्यो । पन्जाबको जितमा ओपनर केएल राहुलले नटआउट ६१ रन बनाए । ४९ बल सामना गरेका उनले १ चौका र ५ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।

यसैगरी २५ बल सामना गरेका मयंक अग्रवालले चार चौका र ३ छक्काको मद्दतमा ४५ रन बनाए । उनलाई आठौं ओभरमा युजवेन्द्र चहलले आउट गरे । त्यसपछि ब्याटिङमा आएका क्रिस गेलले ५३ रन योगदान गरे । ४५ बलमा उनले एक चौका र पाँच छक्का प्रहार गरे । केएल राहुल र गेलले ९३ रन साझेदारी गरे । गेल रनआउट भए । पन्जाबलाई जितका लागि अन्तिम ओभरमा २ रन मात्र चाहिएको थियो । तर पनि खेल अन्तिम बलसम्म पुग्यो । २० औं ओभरको अन्तिम बलमा निकोलस पुरनले छक्का प्रहार गर्दै पन्जाबलाई जित दिलाए र हिरो सावित भए ।

बैंग्लोरका मोहम्मद सिराज महँगा बलर बने । उनले ३ ओभरमा ४४ रन खर्चिए तर एउटा पनि विकेट झार्न सकेनन् । यसअघि शारजहाँ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । कप्तान बिराट कोहली बैंग्लोरका टप स्कोरर रहे । उनले ३९ बलमा ४८ रन बनाए । आरोन फिन्च २० रनमा आउट भए । क्रिस मोरिसले ८ बलमा नटआउट २५ रन बनाए । बलिङतर्फ मोहम्मद सामी र मुरुगान आश्विनले २–२ विकेट लिए ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?