Friday, October 18, 2024

ट्रेन्डिङ :

विप्लवलाई निस्तेज पार्न गृहमन्त्री बादलले प्रहरीलाई दिए निर्देशन

काठमाडौं : असोज ३०, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले प्रतिबन्ध गरेको विप्लव नेतृत्वको नेपाल कम्युनस्ट पार्टीलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले सो पार्टीलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्नु नहुने बताएका हुन् ।

‘संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक, अधिकार निर्भीकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोशिस गरिरहेका छन् । त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता गर्ने छैन भन्ने मेरो पूर्ण विश्वास छ बादलले भने ।

उनले अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनाबद्ध तरिकाले अघि बढ्न पनि निर्देशन दिएका छन् । त्यसका लागि मन्त्रालयबाट उचित समन्वय र सहयोग उपलब्ध गराउने वचन पनि बादलले दिएका छन् । महामारी नियन्त्रणका क्रममा लगिएको लकडाउन र संक्रमणका कारण नयाँ सुरक्षा चुनौतीहरुको सामना गर्नु परिरहेको बताउँदै उनले यसमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा पनि गरेका छन् ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?