Tuesday, October 22, 2024

ट्रेन्डिङ :

गुप्तचरका एसपीको कोरोना भाइरसबाट मृत्यु

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना उप–अनुसन्धान निर्देशक (एसपी) को कोरोना भाइरसका कारण मृत्यु भएको छ । गुप्तचर स्रोतका अनुसार कोभिड–१९ भाइरस पोजेटिभ देखिएपछि उनी बागमती प्रदेशस्थित आफ्नो कार्यालयमै सेल्फ आइसोलेसनमा बसेका थिए । रक्तचापसँगै अन्य विभिन्न रोगका कारण तीन वर्षदेखि औषधि सेवन गरिरहेका उनको मृत्यु भएको हो । हालै उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।

स्रोतका अनुसार हालसम्म राष्ट्रिय अनुसन्धान विभागमा ७० जना कर्मचारीमा संक्रमण देखिइसकेको छ । तीमध्ये ४० जना निको भइसकेका छन् । संक्रमितमध्ये अधिकांश सीमा क्षेत्रमा कार्यरत व्यक्ति छन् ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?