Thursday, September 19, 2024

ट्रेन्डिङ :

पोखरामा रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पिडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर कालो झण्डा र नाराबाजी गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताहरुले कालोझण्डा देखाउदै आफुहरुको बचत रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए ।  सहकारी पीडितको प्रदर्शनका कारण सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?