Thursday, September 19, 2024

ट्रेन्डिङ :

परराष्ट्रमन्त्री राणा क्यानडा जादै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा सोमवार क्यानडा भ्रमणमा जाने भएकी छिन् ।

परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

क्यानडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा यो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विश्वका करिब २० जना महिला परराष्ट्रमन्त्री सहभागी हुदैछन् ।

सो सम्मेलनलाई सम्बोधन गरेपछि परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन २१ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?