Thursday, September 19, 2024

ट्रेन्डिङ :

सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले संसदले सर्वसम्मत रुपमा पारित गरेको चुच्चे नक्साको मर्म विपरित लिपुलेक र कालापानी नेपालको भूभाग नभएर भारतको हो भनेर अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गर्न माग गरेका हुन् ।

उनले भने- ‘यो राष्ट्रिय विरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ रु सदनले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सदनले छानबिन गरोस् । यो विषय हल्का रूपमा उठाइएको होइन देशद्रोहको मुद्दा लगाउनुपर्छ ।’

पूर्व मन्त्रीसमेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्ताका क्रममा लिपुलेक र कालापानी लगायतका भूभागमा भारतको दाबी पुग्ने बताएका थिए । सो अभिव्यक्तिको विरोध भएपछि उनलाई पार्टीले समेत स्पष्टीकरण सोधेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?