Thursday, September 19, 2024

ट्रेन्डिङ :

विवाह बन्धनमा बाँधिए अदिति र सिद्धार्थ

काठमाडौँ । बलिवुड अभिनेत्री अदिति राव हैदर र अभिनेता सिद्धार्थ वैवाहिक बन्धनमा बाँधिएका छन् ।

तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरुले गोप्य रुपमा विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्यहरु मात्र सहभागी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहपछि दुवैले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

२०२१ मा एक फिल्ममा काम गरेपछि सिद्धार्थ र अदिति नजिकिएका थिए । सिद्धार्थ र अदितिले २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको हो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

अदिति शाही परिवारसँग सम्बन्धित छिन्, अदितिको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो। अदिति हैदराबादकी निजाम थिइन् । साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।

अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरेकी थिइन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागिन् । उनले पहिलो पटक २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।

अदिति र सिद्धार्थ दुवैको यो दोस्रो विवाह हो । सिद्धार्थको पहिलो विवाह सन् २००३ मा मेघनासँग भएको थियो । यो विवाह २००७ मा टुटेको थियो । त्यस्तै अदितीको पहिलो विवाह अभिनेता सत्यदीप मिश्रसँग भएको थियो, जब उनी २१ वर्षकी थिइन् । चार वर्षपछि दुवैको सम्बन्धविच्छेद भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?