Thursday, September 19, 2024

ट्रेन्डिङ :

कडा सुरक्षाका बीच जम्मू कश्मीरमा पहिलो चरणको मतदान जारी

काठमाडौँ । भारतको जम्मु कश्मीरमा आज पहिलो चरणको विधानसभा चुनावको मतदान भइरहेको छ । जम्मु कश्मीरमा १८ सेप्टेम्बर, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदैछ ।

आज पहिलो चरणको मतदानमा राज्यको कुल २४ विधानसभा सीटका लागि मतदान हुँदैछ । जसमध्ये १६ सिट कश्मीर र ८ सिट जम्मुका छन् ।

 धारा ३७० खारेज भएको करिब १० वर्षपछि पहिलो पटक जम्मू कश्मीरमा विधानसभा चुनाव हुन लागेको छ ।
५ अगस्त, २०१९ मा, अनुच्छेद ३७० खारेज गरेर, जम्मू कश्मीरको विशेष दर्जा हटाइएको थियो र दुई केन्द्र शासित प्रदेशहरू सिर्जना गरिएको थियो ।

यी चुनावमा नेशनल कन्फ्रेन्स र कांग्रेस मिलेर राज्यका सबै ९० सिटमा दुवै राजनीतिक दलले संयुक्त प्रतिस्पर्धा गरिरहेका छन् ।

जबकि भाजपा र पीडीपी यस चुनावी मैदानमा एक्लै छन् । लोकसभा सांसद इन्जिनियर राशिदको पार्टी अवामी इत्तिहादले प्रतिबन्धित संगठन जमात-ए-इस्लामीले समर्थन गरेको स्वतन्त्र उम्मेदवारहरूसँग गठबन्धनको घोषणा गरेको छ ।

मतदानलाई मध्यनजर गर्दै राज्यमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?