Friday, September 20, 2024

ट्रेन्डिङ :

महोत्तरीको बर्दिवासमा दशै लक्षित सस्तो बजारको आयोजना

विशाल बस्नेत/ न्युज कारखाना

दशैंमा सर्वसुलभ र सस्तो बजारको खोजी भैइरहेको वेला महोत्तरीको बर्दिवासमा दशै सस्तो बजारको आयोजना गरिएको छ । दशैलाई चाहिने सामानहरु एकै ठाउँमा पाइनेगरी १६ असोजदेखि २५ असोजसम्म उधोग बाणिज्य संघ बर्दिवासले सस्तो बजारको आयोजना गरेको हो ।

उपभोक्ता र व्यापारीहरु विचको सम्बन्ध समधुर वनाउने उदेश्यले चाडपर्व लक्षित गर्दै सस्तो बजार लगाईएको उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले वताए । बर्दिवास शहरको औरही- जलेश्वर सडकखण्ड नजिकै लगाइने सस्तो बजारमा ६० देखि ६५ वटा स्टल राखिने आयोजक पक्षले जनाएको छ ।

`होलसेल र सस्तो मुल्यमा  राखिने सामानको गुणस्तरीयतामा पनि उत्तिकै ध्यान दिईनेछ ।´ संघका माहासचिव उत्तम श्रेष्ठले भने ।`नापतौलको लागि हामिले उपसमिति नै वनाईसकेका छौ ।´ नापतौल तथा अनुगमन समितिका संयोजक शैलेश दाहालले उपभोक्ताहरुलाई कुनै गुनासो आउने ठाउँ  नराख्ने प्रतिवद्वता जनाएका छन ।

सस्तो सामानको खोजीमा  सिमाना नजिकै रहेका भारतिय बजार सम्सी र मधुवनी पुग्ने स्थानिय उपभोक्ताहरुको यो बजार त्याहा जान रोक्ने बिश्वास लिईएको छ । सस्तो बजारमा खाध्यान्न देखि लत्ताकपडा तथा सम्पुर्ण घरायसी सामान एकै ठाउँमा पाईने व्यवस्था मिलाईएको छ । दशै लक्षित गर्दै खसी, बाख्रा समेत उक्त बजारमा उपलब्ध रहने आयोजक पक्षले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?