Friday, September 20, 2024

ट्रेन्डिङ :

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।

यसअघि विहिबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?