Saturday, September 21, 2024

ट्रेन्डिङ :

इत्तिफाकमाथि अल नासरको शानदार जित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, सलेम अल नाजदी र टालिस्काले एक एक गोल गरेका थिए ।

यो यस सिजनमा अल नासरको दोस्रो जित हो । २ खेल बराबरी खेलेको अल नासरको ४ खेलमा ८ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यस्तै अल इत्तिफाकको भने यस सिजनमा यो पहिलो हार हो । ४ खेलमा इत्तिफाकको ९ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?