Saturday, September 21, 2024

ट्रेन्डिङ :

बेरुतमा भएको इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाउदै आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरकोसमेत मृत्यु भएको इजरायलले जनाएको छ ।

सन् १९८३ मा बेरुत स्थित अमेरिकी दूतावासमा भएको विस्फोटमा संलग्न भएको आरोपमा अमेरिकाले खोजिरहेका इब्राहिम अकीलले इरान समर्थित उग्रवादी समूहको नेतृत्व गरिरहनु भएको  थियो ।

हेज्बुल्लाहले शुक्रबार राति अकील इजरायली आक्रमणबाट मारिएको पुष्टि गर्दै एक महान नेता को रूपमा प्रशंसा गरेको छ । एएफपिटिभी फुटेजले उद्धारकर्मीहरू आक्रमणको केही समयपछि विभिन्न उपकरणको साथ खोजी कार्यमा तल्लिन रहेको देखाएको छ ।

गाजामा युद्ध सुरु भएदेखि हेज्बुल्लाहका वरिष्ठ कमाण्डरको हत्याको  भएको यो दोस्रो घटना हो । गत जुलाईमा भएको आक्रमणमा शीर्ष अपरेसन प्रमुख फुआद शुक्रको ज्यान गएको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले यस घटना लगायत बढ्दो तनावका बारेमा चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गर्नु भएको छ ।

इजरायली सेनाले अकीललाई लक्षित गरी आक्रमण गरेको जनाएको छ, जसमा अन्य दश जना वरिष्ठ कमान्डरहरुकोसमेत मृत्यु भएको छ । हेज्बुल्लाहको नजिकको एक स्रोतका अनुसार अकील घटनाको क्रममा “कमान्डरहरूसँगको बैठकमा हुनु हुन्थ्यो ।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु  हुनुका साथै अन्य ६६ जना घाइते भएको जनाउदै मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गरेको छ ।

दूतावासमा विस्फोटको नाइकेका रूपमा वर्णन गर्दै अमेरिकाले अकीलको बारेमा जानकारी दिनेलाई सात मिलियन डलर पुरस्कारको प्रस्ताव गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?