Sunday, September 22, 2024

ट्रेन्डिङ :

इस्पोनियलमाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पोनियलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा डानी कारभाजल, रोड्रीगो, भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यस्तै इस्पेनियलका लागि एक गोल रियल म्याड्रिडका गोलकिपर थिबाउट कोउर्टोइसले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ६ खेलमा चौथो जित हासिल गर्दै १४ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै इस्पोनियलको भने ६ खेलमा ७ अंक रहेको छ र १३औं स्थानमा रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?