Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

तीन महिनामा २ खर्ब ६१ अर्ब रूपैयाँ व्यापार घाटा

spot_img
spot_img

काठमाडौं : कात्तिक ३, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब २३ अर्ब ३० करोड रूपैयाँको वैदेशिक व्यापार भएको छ। यो अवधिमा २ खर्ब ९२ अर्ब २६ करोड रूपैयाँको वस्तु आयात भएको छ भने ३१ अर्ब ४ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। असोज मसान्तसम्मको अवधिमा २ खर्ब ६१ अर्ब रूपैयाँको व्यापार घाटा भएको भन्सार विभागले तयार पारेको तथ्यांकमा उल्लेख छ। यो अवधिमा ८५ करोड ६० लाख रूपैयाँ राजस्व संकलन भएको छ।

गत आर्थिक वर्षको यही आवधिमा ३ खर्ब ३४ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। त्यसैगरी २७ अर्ब १६ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो। त्यस अवधिमा ९३ अर्ब ५७ करोड रूपैयाँ राजस्व संकलन गरिएको भन्सारले जनाएको छ। विभागका अनुसार गत वर्षको यही अवधिको तुलनामा वस्तु आयात १२.७४ प्रतिशतले घटेको छ भने निर्यात १४.२८ प्रतिशतले बढेको छ। आयात घट्दाको असर राजस्व संकलनमा परेको छ। राजस्व संकलन ८.५२ प्रतिशतले गिरावट आएको विभागले जनाएको छ। अघिल्लो असोजको तुलनामा यसपटक वैदेशिक व्यापार १३.४५ प्रतिशतले घटेको छ। कोभिडका कारण बजार सामान्य नहुँदा त्यसको असर वैदेशिक व्यापारमा देखिएको भन्सार विभागले जनाएको छ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?