Wednesday, October 16, 2024

ट्रेन्डिङ :

दाउन्नेमा सडक भाँसियो, सडक पूर्णरुपमा अवरुद्ध

परासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भाँसिएको छ ।

बर्दघाट नगरपालिका-४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भाँसिएको प्रहरीले जानकारी दिएको छ ।

सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

यातायात अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय र विद्युत कार्यालय नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको जनाएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?