Wednesday, October 16, 2024

ट्रेन्डिङ :

देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बागलुङ । जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि आज थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।

ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्द रेड कर्नर नोटिस पनि जारी भएको थियो ।

त्यस्तै सोही मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपालीका दाजु ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ । नेपालीले आफूसँग रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?