Sunday, September 8, 2024

ट्रेन्डिङ :

मोबाइल फोनहरुको बढ्दो आयात

काठमाडौँ। यसअघि सबैभन्दा धेरै आयात हुने डिजेललाई समेत उछिन्दै मोबाइल फोन नेपालमा सबैभन्दा धेरै आयात हुने सूचीको शीर्ष स्थानमा परेको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामै नेपालमा ११ अर्ब रुपियाँभन्दा बढीको मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

बढ्दो अनलाइन पढाइ तथा चाडपर्वको माहोलसँगै असोजसम्म १५ लाख दुई हजार थान मोबाइल फोन आयात भएको तथ्याङ्कले देखाएको छ । सीमित अन्तर्राष्ट्रिय व्यापारका कारण कम भएको मोबाइल फोनको आयात चालू आवको तीन महिनामा भने ह्वात्तै बढेको हो । सामुदायिक तथा निजी विद्यालयले अनलाइन शिक्षा प्रणाली कार्यान्वयनमा ल्याएपछि मोबाइल फोनको बजार पनि फस्टाएको देखिन्छ । आयातको सूचीमा मोबाइल फोनपछि अर्धप्रशोधित फलाम तथा स्टिल छ । साउनदेखि असोजसम्म यी वस्तुको आयात नौ अर्ब ८५ करोड रुपियाँ नाघेको छ ।

त्यसपछि आठ अर्ब ९६ करोड रुपियाँको डिजेल आयात भएको छ भने कच्चा सोयाबिनको आयात सात अर्ब १६ करोड रुपियाँ पुगेको छ । त्यसपछि शीर्ष पाँचमा चामल रहेको छ, जुन छ अर्ब ९९ करोड रुपियाँको आयात भएको देखिन्छ ।- गोरखापत्र अनलाइनबाट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?