Wednesday, October 16, 2024

ट्रेन्डिङ :

विश्वबैंकले बाढी पहिरोपछिको पुन: निर्माण र व्यवस्थापनका लागि २० अर्ब ऋण सहयोग दिने

काठमाडौं । बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंकको सञ्चालक समितिले ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको नेपालस्थित विश्वबैंकको कार्यालयले जानकारी दिएको छ ।

विश्वबैंकले जारी गरेको विज्ञप्तिमा बाढी-पहिरोले पुर्‍याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्कालका लागि ठूलो रकम चाहिने भएकाले उल्लिखित रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको उल्लेख छ ।

नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले नेपालले प्राकृतिक मौसम परिर्वतनको कारण आएको प्रभाव र जटिल अवस्थाको सामना गर्न ऋण सहयोग लिन सक्ने बताउनुभएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?