Friday, October 18, 2024

ट्रेन्डिङ :

सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु

काभ्रे । सुख्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । काभ्रेको पाँचखाल नगरपालिकास्थित ५० किलोमा गएराति सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सडक विभाग, स्थानीय तहको समन्वयमा जेसिबीले पहिरो पन्छाएर आइतबार बिहान ९ बजेदेखि एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको छ । राजमार्ग अवरूद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका यात्रुहरू समस्यामा परेका थिए ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?