Friday, November 1, 2024

ट्रेन्डिङ :

पाँच सय वर्षे खड्ग जात्रा सञ्चालनमै समस्या

spot_img
spot_img

बाबुराम शर्मा

आर्थिक अभाव हुन थालेपछि दोलखाको भीमेश्वर नगरपालिका-२ को ऐतिहासिक सहर दोलखामा परम्परागत रुपमा प्रत्येक वर्ष मनाइँदै आएको पाँच सय वर्षे खड्ग जात्रा थेग्न समस्या हुँदै आएको छ।

देशमा गणतन्त्र स्थापना भएपश्चात् गुठियारले कुत बुझाउन छाडेपछि यो जात्रा सञ्चालन गर्न आर्थिक संकट पर्दै आएकोमा भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले करिब छ लाख रुपियाँ सहयोग गरेपछि सञ्चालनमा आएको कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनुभयो।

दोलखाली राजा इन्द्रदेव सिंहको कान्छो छोराको सन्तान भएको दाबी गर्नेवाला भन्छन्, ‘पूर्खाको वि.सं १५९० मा मृत्यु भएपछिदेखि यो जात्रा गुठियारकै कुतबाट चल्दै आएको थियो। कुत आउन छाडेपछि केही दिन व्यक्तिगत पैसा उठाएर जात्रा चल्यो। अहिले भीमेश्वरमा चढाएको बलि तथा पूजाको पैसाले मुस्किलले चलेको छ।’ समितिबाट सहयोग नहुने हो भने कुनै दिन परम्परा तोडिन सक्ने आशङ्का रहेको छ।

दोलखा मात्र नभएर देसकै परम्परा थेगिराखेको यो जात्रा सञ्चालन गरिरहन हामीलाई हम्मेहम्मे परिरहेको छ। दायित्व वहन नगरी सरकारबाट बेवास्ता हुँदा यो जात्रा थेग्न गारो भएको समिति पूर्व अध्यक्ष जीवन श्रेष्ठले दुखेसो पोख्नुभयो।

परम्परागत सांस्कृतिक परम्परानुसार विजया दशमीको भोलिपल्ट (एकादशीका दिन) बिहानदेखि बेलुकासम्म यो जात्रा मनाइन्छ ।

किम्बदन्ती अनुसार दानवहरुले देवीदेवता एवम् मानिसलाई विभिन्नखाले दुःखकष्ट दिन थालेपछि दानवराज महिषासुरको कसरी बध गर्ने भन्ने विषयमा देवताको बैठकपछि दानवमाथि युद्ध गर्ने निर्णयमा पुगी सोही मुताविक साइत जुराई युद्धको आरम्भ भएको हो।

भीमेश्वरस्थान, त्रिपुरासुन्दरीमा बलि दिइएको राँगाको टाउको यहाँ राखिन्छ र त्यो टाउकोलाई राजकुलेश्वर भगवती र बटुकभैरवले खड्ग प्रहार गरी शिर छेदन गर्दछन्।

यसपछि सगुनबाजा बजाउँदै खुसी मनाउने चलन छ। बेलुकीपख त्रिपुरासुन्दरी र राजकुलेश्वरका पुजारीहरुले मन्दिरअगाडि बसेर टीका लगाई दिने प्रचलन अझै पनि रहेको  स्थानीय तीर्थनारायण जोशी बताउनु हुन्छ।

स्थानीय जोशी करिब पाँच सय वर्ष अघिको मल्लकालीन जस्तो, किराँतकालीन जस्तो पनि लाग्ने यो जात्रा पौराणिक जात्रामध्येको जेठो भएकाले यसको संरक्षणमा सरकारले पनि चासो राख्नुपर्ने  बताउनुहुन्छ। –गोरखापत्र अनलाइन 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?