Tuesday, October 15, 2024

ट्रेन्डिङ :

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सञ्जय मिश्रा, रौतहट । बाराको कोल्हबी नगरपालिका अन्तर्गत जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट कोलहवि- २ पुरानो काँटाका ६३ बर्षीय  हस्थ बहादुर ठोकरको  मृत्यु भएको हो ।

पुरानो काँटाको उत्तरतर्फ भित्री जंगलमा घाँस काट्न गएका ठोकर जंगलबाट नफर्केपछि आफन्त र स्थानीयहरुले जंगलमा गई खोजतलास गर्दा जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको अवस्थामा भेटिएका थिए ।

हाल शवलाई पोष्टमार्टमको लागि कलैया प्रादेशिक अस्पताल तर्फ पठाईएको प्रहरीले जनाएको छ । कोल्हवी नगर क्षेत्रमा हालसम्म जंगली हात्तीको आक्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?