Wednesday, October 16, 2024

ट्रेन्डिङ :

चापाकोट नगर सदस्यको मृत्यु, आज शोक बिदा

चापाकोट नगरपालिकामा वडा नं– ६ का वडा सदस्य तारा सिं थापाको मृत्यु भएको छ। ४३ वर्षीय थापाको सोमबार हृदयघातका कारण मृत्यु भएको नगर प्रमुख देवबहादुर खाँणले जानाकारी दिनुभयो। वडा नं ६ खार्दीका थापाको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु भएका थापाको शोकमा नगरपालिकाले मंगलबार एक दिन शोक बिदा दिने निर्णय गरेको खाँणले बताउनुभयो। नगर सदस्य थापालको गत स्थानीय तह निर्वाचनमा ५८० मत ल्याउदै निर्वाचित हुनुभएको थियो। मृतक थापाको श्रीमती र एक छोरा छन्।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?