Tuesday, October 15, 2024

ट्रेन्डिङ :

झापामा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

झापा । आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा झापाको अर्जुनधारा नगरपालिका-३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बिर बहादुर चौहानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिर बहादुरले अर्जुनधारा नगरपालिका-३ दार्जिलङ डाँडास्थित धारिलो हतियार प्रहार गरी मुना चौहानको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?