Tuesday, October 15, 2024

ट्रेन्डिङ :

दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो

काठमाडौँ । गत साउन र भदौमा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ ।

मंगलबार राष्ट्र बैंकले सार्बजनिक गरेको रिपोर्टका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको हो ।

गत वर्षको साउन र भदौमा रेमिट्यान्स १८.७ प्रतिशतले बढेको थियो । गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ जबकी गत वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार गत साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । गत वर्षको सोही अवधिमा ७४ हजार ४५५ ले अन्तिम श्रम स्वीकृति र ३२ हजार ४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?