Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

एमालेप्रति विश्वप्रकाशको टिप्पणी- कांग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ

spot_img
spot_img

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यालय बनाउन लागेको विषयप्रति टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यले ठुला व्यवसायीलाई भूकम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन, गाउँमा विद्यालय र स्वास्थ्यचौकी निर्माण गर्न भन्न मिल्ने भन्दै टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- प्रधानमन्त्रीज्यू,  राज्यले ठुला व्यवसायीलाई अपील गर्न मिल्छ-
– भुकम्प प्रभावितलाई हजार घर बनाइदेउ ।
– अनि बाढिले नबग्ने सय पुल ।
– गाउँमा शैक्षिक संस्था र स्वास्थचौकी ।

अझ ठुलो ‘दान’ लिनेदिने भए- देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देउ, यस्तो पनि त भन्न र गर्न मिल्छ ।

उनले कांग्रेसले आफ्ना तत्कालिन चार लाख सदस्यको सहयोगमा पार्टी कार्यालय बनाएको उल्लेख गर्दै स्वदेश र विदेशमा रहेका सबै सदस्यले यसप्रति गर्व गर्ने बताए ।

उनले भनेका छन्- स्वदेश र विदेशमा रहेका हरेक काँग्रेस सदस्य गर्व गर्छन्, हाम्रो केन्द्रीय कार्यालय ‘हामीले’ बनाएका हौं । हो, कयौं व्यवसायीको ससानो धन पनि यो निर्माणमा जोडिएको छ । तर  मुलत पार्टी सदस्यको ‘मन’ जोडिएको छ । यो बन्दै गर्दा उस बेलाका ४ लाख बढी कृयाशिल सदस्यताको रकम यसमा प्रयोग भएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?