Wednesday, October 16, 2024

ट्रेन्डिङ :

थोमस टुचल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्दै

काठमाडौँ । चर्चित फुटबल प्रशिक्षक थोमस टुचल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्ने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार इङल्याण्डको फुटबल फेडेरेसनले टुचेलसँग सम्झौता गरेको र यसै साता उनको नाम सार्बजनिक गर्ने बताइएको छ । टुचेलसँग २०२६ को विश्वकपसम्मका लागि सम्झौता भएको बताइएको छ ।

५१ बर्षिय टुचेल यसअघि बायर्न म्युनिख, चेल्सी, पिएसजी, डोर्टमण्ड जस्ता क्लबको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा चेल्सीले २०२०-२१ को च्याम्पियन्स लिग जितेको थियो । यस अघि टुचेल म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न सक्ने बताइएको थियो ।

टुचेल इङल्याण्डको प्रशिक्षक बन्ने पहिलो जर्मनी प्रशिक्षक हुन् । साथै उनी स्भेन गोरान इरिक्सन र फाबिओ कापेलोपछि तेस्रो विदेशी प्रशिक्षक पनि बन्दै छन् । उनले इङल्याण्डको प्रशिक्षकको रुपमा कहिलेदेखि शुरुवात गर्छन् भन्ने स्पष्ट भएको छैन ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?