Wednesday, October 16, 2024

ट्रेन्डिङ :

गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकाको इजरायललाई चेतावनी

काठमाडौँ । अमेरिकाले गाजामा मानवीय सहायताको पहुँच बढाउन इजरायललाई चेतावनी दिएको छ । पत्रमार्फत अमेरिकाले ३० दिनको समय दिएर इजरायललाई यस्तो चेतावनी दिएको हो ।

अमेरिकाले गाजामा मानवीय सहायता नबढाएमा सैन्य सहयोग रोक्ने चेतावनी दिएको छ । अमेरिकाले आइतबार नै इजरायललाई यो पत्र पठाएको मिडिया रिपोर्टमा उल्लेख छ । यो अमेरिकाको इजरायललाई अहिलेसम्मकै सबैभन्दा कडा चेतावनी हो।

हालै इजरायलले गाजाको उत्तरी भागमा ठूलो मात्रामा आक्रमण गरेको थियो। इजरायली आक्रमणमा ठूलो संख्यामा मानिसहरु घाइते भएको बताइएको छ । त्यसपछि अमेरिकाले यो कदम चालेको हो ।

अमेरिकाले लेखेको पत्रमा गाजा क्षेत्रमा बिग्रँदै गएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । इजरायलले उक्त क्षेत्रमा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको वा अवरुद्ध गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।

इजरायली अधिकारीका अनुसार इजरायलले हाल अमेरिकाको पत्रको समीक्षा गरिरहेको छ र यसलाई गम्भीरतापूर्वक लिएको छ ।

यद्यपि इजरायलले यसअघि गाजामा हमास लडाकुहरूलाई निशाना बनाएको र मानवीय सहायता नरोकेको बताएको थियो ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?