Wednesday, October 16, 2024

ट्रेन्डिङ :

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

रूपन्देही । आफ्नै कान्छी श्रीमती ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा रुपन्देहीको देवदह नगरपालिका-९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?