Thursday, October 17, 2024

ट्रेन्डिङ :

पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपिएल) टिम पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।

आगामी मङ्सिर १५ देखि सुरु हुने एनपीएलका लागि पोखराले ३० वर्षीय गौसलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।  गौसले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९९ रन बनाएका छन् भने ३ एकदिवसीय खेल्दा १५२ रन बनाएका छन् ।

पोखराले यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपिएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?