Friday, October 18, 2024

ट्रेन्डिङ :

अस्ट्रेलियालाई हराउदै दक्षिण अफ्रिका महिला टी- २० विश्वकपको फाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका जारी आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिकाले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७ .२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।

६ पटकको विश्वकप विजेता अस्ट्रेलिया २००९ पछि पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ ।

योसँगै दक्षिण अफ्रिकाले अब फाइनलमा न्यूजील्याण्ड र वेस्ट इन्डिजबीचको विजेतासँग आइतबार खेल्ने छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?