Friday, October 18, 2024

ट्रेन्डिङ :

प्रचण्डको ब्रिफिङ- रवि लामिछाने पक्राउ पर्न सक्छन् !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ।

शुक्रबार बिहान बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकमा अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्नसक्ने सूचना आफूले पाएको ब्रिफिङ गरेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगृहमन्त्री लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेको प्रचण्डले बैठकमा बताएका थिए ।

सहकारी छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई,तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको  थियो । तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बैठकमा लामिछानेलाई पक्राउ गरेमा प्रतिवाद गर्ने विषयमा छलफल भएको बताइएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?