Sunday, October 20, 2024

ट्रेन्डिङ :

रोनाल्डोको निर्णायक गोलमा अल नासर विजयी

काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा रोमाञ्चक जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ९० मिनेट पछिको इन्जुरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए ।

यस अघि अल नासरका लागि आयमेरिक लापोर्टेले शुरुवाती गोल गरेका थिए । त्यस्तै अल शबाबका लागि एक गोल अँ नासरका अलि अलहासनले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै यस खेलमा मोहमद सिमाकनले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए ।

यो जितपछि अल नासरको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर अल हिलालभन्दा ४ अंकले पछाडी रहेको छ ।
त्यसैगरी अल शबाबको भने ७ खेलमा १२ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?