Sunday, October 20, 2024

ट्रेन्डिङ :

कावासोतीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु

नवलपरासी । नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको हो । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

अनकन्टार पहाडमा दुर्घटना भएकोले उद्धारमा समय लागेको प्रहरीले जानकारी दिएको छ । उद्धारपछि घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?