Sunday, October 20, 2024

ट्रेन्डिङ :

राजा जनकका गुरु अष्टबक्रको जन्मस्थान महोत्तरीको राजाबास भएको दावी

बिशाल बस्नेत, महोत्तरी । अष्टबक्र गिताले ईश्वरको अस्तित्वलाई स्विकार गर्दैन । भागवत गिताले मण्दिरमा ईश्वर छन भन्ने मान्यता राख्छ भने अष्टबक्र गिताले मण्दिर वनाउने नै भगवान हुन भन्ने मान्यता राख्छ ।

बिश्वका सयौ देशका शासकहरुले अष्टबक्र गितालाई निति वनाउने दर्शनकोरुपमा ग्रहण गरेका छन । यस्लाई पुर्विय दर्शनकोरुपमा पश्चिमाहरुले जिवनउपयोगी शास्त्रकोरुपमा प्रयोग गरेका छन भने धेरै विश्वविध्यालयहरुमा अध्यण, अध्यापन समेत भैइरहेको छ ।

दुनियामा चर्चित र हरेकले अनुसरण गरिरहेको राजा जनकको प्रश्न र अष्टबक्रको जवाफकोरुपमा विकसित भएको गिता जिवनलाई गुणस्तरिय वनाउने माध्यम वनेतापनी यस्का सृष्टिकर्ताको परिचय भने अज्ञात र रहस्यमय वनिरहेको छ ।

मिथिलाका श्रीध्वज राजाले अष्टवक्रको ज्ञानवाट नै विदेह राज्य वनाउन सम्भव भएको र पछि उन्कै ज्ञानवाट जनक उपाधी पाएको भनाई छ । उनै अष्टबक्रको जन्मस्थलको विषयमा खोजी भैइरहेको वेला जनकपुरवाट झन्डै ४५ किलोमिटर दुरीमा रहेको बर्दिवासस्थित राजावासमा जन्मस्थल भएको दावी गरिएको छ ।

अष्टबक्रको जनमस्थल कसरी राजाबास भएको चर्चा चल्यो ?

भारतको आन्द्र प्रदेशवाट बर्दिवास आईपुगेका डा. स्वामी बिस्वासनन्दले अष्टबक्रको जन्मस्थल बर्दिवासको राजावास भएको दावी गरेका छन ।

सनिवार एक पत्रकार सम्मेलनका विच  उक्त ठाउँ  अष्टबक्रको जनमस्थलसगँ मिल्ने विभिन्न अवशेषहरु प्राप्त भएको उन्को भनाई छ ।

मध्यपाषण युगको हतियार कारखाना रहेको भनिएको ठाउँवाट झन्डै ७ किलोमीटर दुरीमा रहेको राजाबास नै अष्टबक्रको जन्मस्थल र राजा जनकले ज्ञान प्राप्त गरेको भुमी भएको डा. विस्वासानन्दले जिकिर गरे  ।

पुरातात्त्विक हिसावले यो ठाउँमा अनेकौ अवशेषहरु प्राप्त भएको हुनाले अष्टबक्रको जन्मस्थललाई प्रमाणित गर्ने विभिन्न आधारहरु समेत भएको उन्को भनाई छ ।

अष्टबक्रको जन्मस्थल र समाधीको विषयमा अध्यण गरिरहेको वेला डा. स्वामीलाई नेकपा एमालेका नेता शंकर महतोले भेटेका थिए । उन्कै माध्यमले बर्दिवास आईपुगेका स्वामीले स्वयम अष्टबक्रको जन्मस्थल भएको निष्कर्ष निकाल्दै सनिवार पत्रकार सम्मेलन गरेका हुन ।

आन्द्र प्रदेशका स्वामी बिस्वासानन्दले केमिस्ट्रीमा पिएजडी गरेका छन भने यसअघि उन्ले विश्वका विभिन्न ठुला कोर्पोरेट कम्पनीमा काम गरेका थिए ।
सन १९९१ मा केमिस्ट्री  विषयमा नै  प्रयोगशालामा व्यवहारिक अनुसन्धान गर्दागर्दै उनी वैरागिएर अष्टबक्र ज्ञानको खोजीमा लागेका थिए ।

त्यसपछी  प्रचारप्रसारमा लागेका डा. विस्वासानन्दले ७२ देशको भ्रमण सकेको र नेपालको बर्दिवास नै अष्टबक्रको जन्मस्थल भएको जिकिर गरे ।

जनक राजाले राजकाजको लागि अष्टबक्रवाट ज्ञान प्राप्त गरेतापनी उनी काँहा जन्मेका हुन भन्ने खोजी हुन सकेको थिएन ।

यदि डा. स्वामी विस्वासानन्दले भनेजस्तै अष्टबक्रको जन्मस्थान राजाबास नै प्रमाणित भए बिश्व कै उत्कृष्ट पर्यटकीय गन्तव्य वन्न सक्ने देखिएको छ ।

पत्रकार सम्मेलनमा डा. स्वामी विस्वासानन्दले अष्टबक्रको जनमस्थलको समबन्धमा गरिने थप खोजीलाई हरेक तवरले सहयोग गर्ने राजनिती दलहरुले प्रतिवद्वता जनाएका छन ।

`पुर्विय दर्शन कै कारण अहिले पश्चिमेलीहरुले अथेष्ट विकास गरिरहेका छन तर हामी उनिहरुको नै सिको गरिरहेका छौ ।´ माओवादी केन्द्रका नेता तुलसी ढुंगानाले भने । `उनिहरु हाम्रो सभ्यता र दर्शनहरुवाट माथी पुगेका हुन ।´

अष्टबक्रको जन्मस्थल भएको थाहा पाउँदा निक्कै खुसी छौ : पर्यटन व्यवसायी

अष्टबक्र जन्मेको भन्ने थाहा पाएपछी पर्यटन विकासमा उत्साह थपेको पर्यटन व्यवसायीहरुले वताएका छन ।

जन्मस्थल प्रमाणित गर्न डा. स्वामी विस्वासानन्दले चालेको कदममा नगर पर्यटन वोर्ड, होटल तथा पर्यटन व्यवसायी संघले सयात्रा गर्नेमा अध्यक्ष हिरा गौतमले बिस्वास दिलाए ।

१२ हजार बर्ष अगाडिको मानवसभ्यता, ८ सय बर्ष अगाडिको भु:कम्पका कारण उठेको पहाड, गिद्व बासस्थान, चनौटे डाँडा जस्ता ठाउँहरुको पर्वद्वनले विकासका ढोकाहरु खोलेको वताउदै अध्यक्ष गौतमले अष्टबक्रको बासस्थान पर्यटन विकासको महत्वपूर्ण कोशेढुंगा सावित हुने धारणा राखे ।

के-के छन आधारहरु अष्टबक्र राजावासमा जन्मेको ?

विभिन्न अवशेष र पुरातात्त्विक इतिहासका कारण अष्टबक्रको जन्मस्थल बर्दिवास नै रहेको विज्ञहरुले वताएका छन ।

बर्दिवासको उपल्लो क्षेत्र चुरे पहाड परापुर्वकालमा ऋषिमुनीहरुको तपस्यास्थल भएको विभिन्न आधारहरुले पनि अष्टबक्र जन्मस्थल राजाबास नै रहेको हुन सक्ने स्थानिय गुन्ज वहादुर कार्कीले वताए ।

गौतम वुद्वको जन्मस्थल पत्ता लगाउन पनि विदेशी पुरातत्वविद् डा. फुहररको  योगदान महत्वपुर्ण मानिन्छ । फुहररले वुद्वको जन्मस्थल लुम्बिनी नै भएको दावी गरेपछि यसको विषयमा विभिन्न खोज र अनुसन्धान भएको थियो । पछी पुरातात्विक उत्त्खनन गरेपछि लुम्बिनी नै जन्मस्थल भएक प्रमाणित भयो ।

डा. बिस्वासानन्दले पनि दावी गरेको अष्टबक्रको जन्मस्थल राजाबासको विषयमा थप खोज र अनुसन्धान गर्नुपर्ने पुरातात्विकविद प्रकाश दर्नाल सुझाउछन । यसको लागि स्थानीय सरकारले नै विशेष भूमिका खेल्नुपर्ने उन्को भनाई छ ।

यस क्षेत्रमा भेटिएका ढुंगा र विभिन्न अवशेष समेत गिताको पृष्ठभूमिसँग मिल्दोजुल्दो भएको वताउदै अष्टबक्रको जन्मस्थल राजाबास नै भएको डा. बिस्वासानन्दको दावी छ ।

भौतिकवादीहरुको लागि पनि उत्कृष्ट दर्शन हो : अष्टबक्र गिता

मानिसलाई समेत अष्टबक्र गिताले परमात्मा मान्ने भएकाले भौतिकवादीहरुले समेत यस्लाई दर्शनकोरुपमा लिने गरेका छन ।

यसैसगँ जोडिएको एउटा किवद्वन्ति प्रख्यात छ ।
एकपटक रामकृष्ण परमहंशलाई नरेन्द्र नाम गरेका एक युवकले  – ईश्वर कहाँ छ ? परमात्मा कहाँ छ ? मलाई प्रमाण दिनुस् । भनेर जिज्ञासा राख्दा उत्तर दिन नसक्ने अवस्था सिर्जना भएपछी अष्टबक्र गिता थमाईदिएका थिए ।

सोही गिता पढेर नरेन्द्रलाई ‘विवेक’ र ‘आनन्द’ प्रकट भएको थियो । यसैले रामकृष्णले ती युवकको  नाम विवेकानन्द राखिदिए, जुन नाम उनी विश्वभरि प्रख्यात वन्यो  । यसैले यो गिताको मननबाट विवेक मात्र होइन, आनन्द पनि प्रकट हुन्छ भन्ने विस्वास गरिन्छ ।

अष्टबक्र कहोडका छोराकारुपमा चिनिन्छन । पेटभित्रवाट वच्चाले वुवाले शास्त्र पढदा खोट देखाएको र वुवा कै श्रापको कारणले जन्मदा आठ ठाउँमा बाङ्गीएको हुनाले उन्को नाम अष्टबक्र रहन गएको वताईन्छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?