Sunday, October 20, 2024

ट्रेन्डिङ :

पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार, स्थिति तनावग्रस्त बन्दै

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा हानेको थियो । तर त्यसपछि भिड पछि नहटेपछि प्रहरीले अश्रुग्याँस हानेको छ ।

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर जिल्ला प्रशासन अगाडी पुगेर अहिले पनि नाराबाजी गरिरहेका छन् । प्रदर्शनलाई ध्यानमा राख्दै ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारी र प्रहरी आमने सामने हुदा अवस्था तनावग्रस्त बनेको छ ।

प्रहरीले शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई भने अहिले जिल्ला अदालत कास्कीमा पुर्याएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?