Tuesday, October 22, 2024

ट्रेन्डिङ :

स्रोत नखुलको भारतीय नगदसहित दुई जना पक्राउ

कपिलवस्तु । कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको नगद २० लाख ५० हजार भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुंबाई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट लिङगेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रूपैयाँ र युपि ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?