Thursday, October 31, 2024

ट्रेन्डिङ :

नेपाली युवाले निर्माण गरेको एण्ड्रोइड एप ५० लाखमा बिक्री

spot_img
spot_img

नेपालका एक युवाले डेभलप गरेको एउटा एण्ड्रोइड एप हालै ४० हजार अमेरिकी डलरमा बिक्री भएको छ। ती युवा हुन् २३ वर्षीय वर्षीय कर्णबहादुर क्षेत्री। उनको पूरा नाम कर्णबहादुर बुढाक्षेत्री हो।

उनले २ दिनअघि आफ्नो फेसबुक र एक्स अर्थात् पुरानो ट्विटर एकाउन्टमा यस प्रकारको आशय आउने स्टाटस अङ्रेजीमा राखेका थिए, ‘पुन: उही इजरायली कम्पनी ‘राउण्ड्स एआई लिमिटेड’ लाई नयाँ एण्ड्रोइड एप ४० हजार डलर नेपालीमा लगभग ५० लाख रुपैयाँ मा बिक्री भयो। एक वर्षमा यसअघि ७० लाख र यसपटक ५० लाख गरी ३ वटा एण्ड्रोइड एप बिक्रीबाट लगभग १ करोड २० लाख आम्दानी भयो। त्यसमा ५ प्रतिशत कर काटियो र देशलाई ६ लाख रुपैयाँ बराबर राजस्वसमेत प्राप्त भयो। जय नेपाल।’

कम्प्युटर इन्जिनियरिङका विद्यार्थी क्षेत्रीले आफ्नो अध्ययनकै क्रममा समय निकालेर आफ्नै रुची अनुसार कुनै लगानीबिना नै एप डेभलप गरेका हुन्। यसअघि पनि यसैगरी युवाहरुले बनाएकालोडशेडिङ शेड्युल, लुडो लगायतका एपहरुलाई नेपाली कम्पनीले नै खरीद गरेका थिए।

तर क्षेत्रीको हकमा भने उनले बनाएका ३ वटा एप नै विदेशी कम्पनीले खरिद गरेबाट नेपाली युवाहरु पनि विश्वको सूचना प्रविधि क्षेत्रमा प्रतिस्पर्धामा खरो उत्रन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ।

यूनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत बर्दिया जिल्लास्थित बाँसगढीका २३ वर्षीय क्षेत्रीले तयार गरेको एप पिक अप लाइन्स-फ्लर्ट मेसेजेज यसअघि सोही इजरायली कम्पनी राउण्ड्स एआई लिमिटेडले ५३ हजार अमेरिकी डलरमा अर्थात् लगभग ७० लाख रुपैयाँमा किनेको थियो।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?