Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

आइपिएलको खेलाडी रिटेन गर्ने आज अन्तिम दिन, कुन टिमले कुन खेलाडी रिटेन गर्दैछन् ?

spot_img
spot_img
spot_img

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडी रिटेन र रिलिज गर्ने आज अन्ति दिन हो । आज फ्रेन्चाइजीहरुले खेलाडी रिटेन गर्ने सूची सार्बजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई बुझाउने छन् भने बाँकी खेलाडी मेगा अक्सनमा जाने छन् ।

मिडिया रिपोर्टका अनुसार विभिन्न फ्रेन्चाइजीले रिटेन गर्ने खेलाडीको नाम टुंगो लगाउने रणनीतिमा लागेका छन् ।

चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीसहित कप्तान रुतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुवे र श्रीलंकाका बलर माथीसा पाथिरानालाई रिटेन गर्ने बताइएको छ । यी खेलाडी रिटेन गर्दा चेन्नईले १२० करोडमध्ये ६५ करोड खर्च गर्ने छ । अब बाँकी टिम ५५ करोडमा बनाउनुपर्ने हुन्छ ।

त्यस्तै डिफेन्डिङ च्याम्पियन कोलकोताले सुनिल नारन, रिंकु सिंह, हर्षित राना र वरुण चक्रवर्तीलाई रिटेन गर्ने बताइएको छ । कोलकोताले कप्तान श्रेयस अय्यर र आन्द्रे रसेललाई रिटेन नगर्ने बताइएको छ ।

त्यस्तै लखनउ सुपर जाइन्टले पनि कप्तान केएल राहुललाई रिटेन नगर्ने बताइएको छ ।  लखनउले निकोलस पुरन, मयंक यादव र रवि विश्नोईसहित मोहसिन खान र आयुष बदोनीलाई रिटेन गर्ने भएको छ । त्यसैगरी सनराइजर्स हैदरावादले हेइनरिक क्लासेन, पाट कमिन्स, अभिषेक शर्मा, ट्राभीस हेड र नितिश कुमार रेड्डीलाई रिटेन गर्ने बताइएको छ ।

त्यस्तै गुजरात टाइटन्सले कप्तान शुभमन गील, राशिद खान, साइ सुदर्सन, राहुल तेवटिया र शाहरुख खानलाई रिटेन गर्ने भएको छ ।

त्यसैगरी राजस्थान रोयल्सले सन्जु सामसन, यशस्वी जैसवाल, रियान पराग र सन्दीप शर्मालाई रिटेन गर्ने भएको छ । त्यस्तै विकेटकिपर ब्याट्सम्यान ध्रुब जुरेललाई पनि राजस्थानले रिटेन गर्नसक्ने बताइएको छ ।

त्यसैगरी दिल्ली क्यापिटल्सले कप्तान ऋषव पन्तलाई रिटेन नगर्ने बताइएको छ । दिल्लीले अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टबस र अभिषेक पोरेललाई रिटेन गर्ने बताइएको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहली र बलर यश दयाललाई मात्र रिटेन गर्ने बताइएको छ । बैंगलुरुले कोहलीलाई कप्तान बनाउने बताइएको छ ।

त्यसैगरी पञ्जाव किंग्सले पनि अर्शदीप सिंह र शशांक सिंहलाई मात्र रिटेन गर्ने बताइएको छ । त्यसैगरी मुम्बई इण्डियन्सले रोहित शर्मा, हार्दिक पाण्डेय, सुर्यकुमार यादव, जसप्रित बुमराहलाई रिटेन गर्ने भएको छ । त्यस्तै मुम्बईले तिलक बर्मा र इशान किशन मध्ये एक जनालाई रिटेन गर्नसक्ने बताइएको छ ।

नयाँ रिटेन्सन नियम

आइपिएलले खेलाडी रिटेन्सनका लागि यो बर्ष नयाँ नियम ल्याएको छ । अब फ्रेन्चाइजी टोलीले आईपीएलको मेगा लिलामीअघि ६ खेलाडीलाई रिटेन गर्न सक्नेछन् । जसमा अधिकतम ५ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड खेलाडी समावेश गर्न सकिनेछ । अन्तर्राष्ट्रिय खेलाडी जुनसुकै देशका हुन सक्छन् तर अनक्याप्ड खेलाडी भारतबाट मात्रै हुनुपर्ने नियम बनाइएको छ ।

उदाहरणको लागि मुम्बई इन्डियन्सले ५ अन्तर्राष्ट्रिय खेलाडीलाई रिटेन गर्यो भने अब टोलीले छैटौं खेलाडीको रूपमा अनक्याप्ड खेलाडीलाई मात्रै राख्न सक्नेछ । यदि टोलीले ४ अन्तर्राष्ट्रिय खेलाडी राखेमा २ जना अनक्याप्ड खेलाडी राख्ने विकल्प हुनेछ ।

त्यस्तै आइपीएल टोलीहरूको पर्स सीमा पनि १२० करोड रुपैयाँमा बढाइएको छ, पहिले यो १०० करोड भारु थियो । खेलाडी रिटेन्सन गर्दा पहिलो खेलाडीलाई रिटेन गर्न १८ करोड, दोस्रो खेलाडीलाई १४ करोड र तेस्रो खेलाडीलाई ११ करोड रुपैयाँ खर्च गरिनेछ । ३ खेलाडी मात्रै रिटेन गरेमा फ्रेन्चाइजीको पर्सबाट ४३ करोड रुपैयाँ खर्च हुनेछ । यदि टोलीले चौथो खेलाडीलाई रिटेन गर्यो भने उसलाई १८ करोड मात्रै तिर्नुपर्नेछ भने पाँचौं खेलाडीका लागि १४ करोड र अनक्याप्ड खेलाडीलाई रिटेन गर्न ४ करोड रुपैयाँ तिर्नु पर्ने छ ।

फ्रेन्चाइजीले ५ अन्तर्राष्ट्रिय र एक अनक्याप्ड खेलाडी राखेमा ७९ करोड रुपैयाँ खर्च हुनेछ भने ४ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड खेलाडी राखेमा पर्सबाट ६९ करोड रुपैयाँ खर्च हुनेछ । त्यस्तै ५ अन्तर्राष्ट्रिय खेलाडी मात्रै राखेमा पर्सबाट ७५ करोड रुपैयाँ खर्च हुने छ । फ्रेन्चाइजीले आफ्नो इच्छा अनुसार पाँच क्याप खेलाडीहरू बीच ७५ करोड रुपैयाँको क्याप्ड रिटेन्सन पोट विभाजन गर्न अनुमति दिइएको छ ।

आइपिएलले फ्रेन्चाइजीका लागि खेलाडी रिटेन्सन सूची पेश गर्ने अन्तिम मिति ३१ अक्टोबर २०२४ बेलुका ५ बजेसम्म दिएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?