Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात

spot_img
spot_img
spot_img

काठमाडौँ । महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालले विजयी शुरुवात गरेको छ ।

२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १०३ रनको लक्ष्य पछाएको थाइल्याण्डले १३.४ ओभरमा अल आउट हुदै केवल ३५ रन बनाएको थियो ।

नेपालले अब दोस्रो खेल विहिबार कुवेतसँग खेल्ने छ भने शनिबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै आइतबार फेरी थाइल्याण्डसँग, मंगलबार कुवेतसँग र बुधबार युएईविरुद्ध खेल्ने छ ।

विश्वकप क्वालिफायर खेल्ने नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।

क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।  चार देशले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?