Thursday, November 7, 2024
spot_img

ट्रेन्डिङ :

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

spot_img
spot_img

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिकामा सम्पन्न दुई त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर क्रिकेट टोली विहिबार स्वदेश फर्किएको हो ।

भ्रमणका क्रममा नेपालले क्यानडामा त्रिकोणात्मक टी–२० सिरिज पनि खेलेको थियो । नेपालका लागि क्यानडा र अमेरिका भ्रमण समग्रमा खराब रह्यो  । एकदवसीय मान्यता र विश्वकप छनोटको लिग-२ मा नेपालको प्रदर्शन खराब रह्यो ।

नेपालले क्यानडामा केवल एक अंक जोड्यो भने अमेरिकामा ३ अंक मात्र जोड्न सक्यो ।  अब नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?