Sunday, September 8, 2024

ट्रेन्डिङ :

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

सामान्य रुघाखोकीलगायत असर देखिएपछि होम आइसोलेसनमा रहेका कार्कीले बिहीबार विराटनगरमा एउटा निजी क्षेत्रले सञ्चालन गरेको ल्याब उदघाटन गरेका थिए । पोजेटिभ देखिएपछि बिराटनगरमा आफ्नै निवासमा आइसोलेसनमा बसेको कार्कीले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?