Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिए केदार

spot_img
spot_img

काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहका कलाकारको छबि बनाएका केदार घिमिरे (माग्ने बुढा) ले धमाधम बाहिरी फिल्ममा काम गरिरहेका छन् ।

गत वर्ष फिल्म ‘कङ्गारु’मा भित्रिएका केदारले त्यसपछि ‘जेरी अन टप’ र अब निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा काम गर्न लागेका हुन् । बिहीबार केदार र निर्देशक लामिछानेबीच कागजी सम्झौता भएको छ ।

फिल्मको शीर्ष भूमिकामा केदारले अभिनय गर्नेछन् । अर्को मुख्य भूमिकाका लागि अभिनेता सौगात मल्ललाई प्रस्ताव गरिएको छ । आगामी माघ दोस्रो साताबाट छायांकनको तयारी गरिएको फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । फिल्मलाई निर्देशक समेत रहेका मुनाल घिमिरेले निर्माण गर्नेछन् ।

सामिप्यराज तिमल्सिनाको स्क्रिप्ट लेखन रहेको यो फिल्मबाट निर्देशक लामिछानेले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन् । ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो । उनले ‘हवल्दार सुन्तली’, ‘श्रीमान् श्रीमती’, ‘कहिले मिलन कहिले विछोड’ लगायतका फिल्म पनि निर्देशन गरेका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?