Friday, October 18, 2024

ट्रेन्डिङ :

राजस्थानविरुद्ध हैदरावाद विजयी

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर हैदरावाद विजयी भयो । उसले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो । जीतसँगै हैदराबाद अंक तालिकाको पाँचौं स्थानमा पुग्यो । उसले १० खेलको समाप्तिमा ४ जीत र ६ पराजयसँगै ८ अंक बटुलेको छ । पञ्जाव र राजस्थान रोयल्सको पनि समान ८ अंक छ ।

हैदरावादले टस जितेर राजस्थानलाई ब्याटिङको निम्तो दिएको थियो । उसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसुङले सर्वाधिक ३६ रनको योगदान दिएका थिए । ओपनर रोविन उथ्थापालाई १९ रनमा जोनसन होल्डरले रनआउट गराएपछि राजस्थानको पतन सुरु भएको थियो । अर्का ओपनर बेन स्टोकले ३० रन बनाए भने कप्तान स्टिभन स्मिथले १९ रनको योगदान दिए । बंगोलका लागि होल्डरले ३ विकेट लिए ।

१ सय ५५ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको बंगोलको सुरुवात राम्रो हुन सकेन । पहिलो र तेस्रो ओभरमै ओपनद्वय डेविट वार्नर र जोनी ब्रिटोनलाई गुमाए पनि त्यसपछि आएका मनिस पाण्डे र विजय शंकरले इनिङ सम्हालेका थिए । पाण्डेले ४७ बलमा ८३ र शंकरले ५१ बलमा ५२ रन बनाएका थिए । राजस्थानका लागि जफन आर्चरले दुई विकेट लिए ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?