Sunday, September 8, 2024

ट्रेन्डिङ :

तलेजुमा यस वर्ष बलिरहित पूजा

भक्तपुर– भक्तपुरको तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ। हरेक वर्ष बडादसैँको फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए। गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको हो।

तलेजुलाई मूल चोकको दसैँघरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत रोकिएको छ। यस वर्ष तलेजुलाई मूल घरबाट बडादसैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए। त्यसैगरी यस वर्ष कुमारीलाई काठमाडौँस्थित कुमारीघरमै राखिएको छ। कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भएपनि यस वर्ष भने ल्याइएको छैन। यस वर्ष कुमारी जीविका बज्राचार्यलाई काठमाडौँ नै राखेर पूजा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?