Tuesday, December 3, 2024
spot_img

ट्रेन्डिङ :

कोशीमा पनि बन्यो एमाले-कांग्रेसको संयन्त्र

spot_img
spot_img

विराटनगर । कोशी प्रदेशमा पनि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संयन्त्र बनाएका छन् ।  प्रदेश सरकारका काम प्रभावकारीरुपमा गर्न एमाले र कांग्रेसले दुई दलीय संयन्त्र बनाएको बताएका छन् ।

संयन्त्रले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, जनमुखी, सुशासन प्रवद्र्धन तथा प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने सम्बन्धमा कोशी प्रदेश सरकारका मन्त्रीहरुसँग छलफल गर्ने बताइएको छ ।

दुई दलीय संयन्त्रमा एमालेबाट पूर्वमुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहेका छन् भने कांग्रेसबाट प्रदेश सभापति उद्धव थापा, महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा रहेका छन् ।

यस अघि संघीय सरकारलाई प्रभावकारी बनाउन एमाले-कांग्रेसले केन्द्रमा पनि संयन्त्र बनाएका थिए भने त्यस्तो संयन्त्र प्रदेश र स्थानीय तहसम्म बनाउने निर्णय समेत गरेका थिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?