Sunday, September 8, 2024

ट्रेन्डिङ :

राष्ट्रपतिले यसपाली दशैंमा टीका नलगाइदिने र शक्तिपीठमा पनि नजाने

काठमाडौं । यस वर्षको दसैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित भएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार सूचना जारी गरी कोरोना महामारीका कारण राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम नहुने जानकारी गराएको छ ।

त्यस्तै यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी शक्तिपीठको दर्शनका लागि नजाने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?